कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप सात जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, १५ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाटथप सात जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here