माहाकालीको निषेधाज्ञा थप कडाइ, मंगलबारदेखि बजार विहान दुई घण्टा मात्रै खुल्ने

पप्पु गुरुङ्ग

दोधारा, १५ भदौं । माहाकाली नगरपालिकामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा प्रभावकारी बनाउन बजार र सार्वजनिक सेवा प्रवाहमा कडाइ गरेको छ ।

माहाकाली नगरपालिकामा सोमबार बसेको माहाकाली नगरपालिका कार्यपालिका बैठकले प्रशासनको निषेधाज्ञा र माहाकाली नगरपालिका क्षेत्रमा देखिएका अज्ञात रोग संक्रमणलाई मध्यनजर गरी निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेको हो ।

माहाकाली नगरपालिका कार्यपालिका बैठकले जारी निषेधाज्ञाका आधारमा सोमबार राती १२ बजे देखि भदौ २३ गते सम्म बजार व्यवसाय र सार्वजनिक सेवा प्रवाहमा कडाइ गर्ने निर्णय गरेको माहाकाली नगरपालिकाले गरेको निर्णयमा भनिएको छ ।

माहाकाली नगरपालिकाले निषेधाज्ञाको व्यापक उल्लंघन भएर बजार, नगरपालिका र स्वास्थ्य केन्द्र, सार्वजनिक स्थानमा भीडभाड हुन थालेपछि निषेधाज्ञामा कडाइ गरिएको बताईएको छ् ।

बैठकको निर्णय अनुसार सोमबार देखि माहाकाली नगरपालिकाको बजार क्षेत्र विहान दुई घण्टा मात्रै खुल्ने छन् । त्यसका लागी विहान ७ बजे देखि ९ बजे सम्म समय तोकिएको छ् । बैंकहरु विहान १० देखि दिउसो १ बजे सम्म र विद्युत फ्युज सेवा विहान १० देखि २ बजे सम्म खुल्ने सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ् ।

माहाकाली नगरपालिकाका सबै औषधि पसलहरु चैबिसै घण्टा खुल्ने बताईएको छ् । माहाकाली नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा अति आवश्यक भनेर तोकिएका बाहेक अन्य सबै सेवा बन्द गरिएने छ् ।

माहाकाली नगरपालिकाका अति आवश्यक सेवा तोकेको सेवा बाहेक सबै सेवाहरु बन्द हुनेछ । दुध ढुवानी भने पुरै दिन संचालन संचालन हुने भनिएको छ् ।

बैठकका निर्णय कार्यान्वयन गराउन सुरक्षा निकायलाई आग्रह गर्ने निर्णय समेत भनिएको छ । माहाकाली नगरपालिकामा अज्ञात रोगको कारण झण्डै एक सातामा ६ जना भन्दा बढीको मृत्यु भएपछि माहाकाली नगरपालिका कार्यालयले निषेधाज्ञा कडा गर्ने निर्णय गरिएको बताईएको छ् ।

१ सय ४ डिग्री भन्दा उच्च ज्वरो आउनेको चाँप बढ्न थालेपछि अज्ञात रोगबाट बच्न माहाकाली नगरपालिकाले निषेधाज्ञा कडा गर्ने निर्णय गर्न गरिएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् ।

निषेधाज्ञा कडा बनाउन बजार व्यवस्थापन समितिका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवाको राय समेत संकलन गरिएको नगर प्रबक्ता सिजालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here