नेपालमा अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा क्वान्टम ह्याक अन्तर्राष्टिय ह्याकाथोन कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

नेपालको कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधिका बिद्यार्थीहरुमा प्रतिस्पर्धा गराई उनीहरुको प्रतिभा उजागर गर्न सघाउ पुर्याउने उद्देश्यले भदौ १२ देखि १४ गतेसम्म कार्यक्रम आयोजना गरिएको थियो ।

वेबिनार मार्फत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रायः सबै वि भागको सहभागिता रहेको सो कार्यक्रम भारतको डेभ्फोलियोको सहयोगमा पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाले आयोजना गरेको थियो ।

प्रकोप ब्यवस्थापन, सबैका लागि आधुनिक बित्तीय ब्यबस्थापन, शिक्षा, स्वास्थ तथा शहरी जनसंख्या ब्यवस्थापन, वातावरण लगायत स्वतन्त्र बिचार शीर्षक जस्ता बिभिन्न ६ वटा बिधामा प्रबिधिको प्रयोग तथा त्यसको माध्यमद्धारा समस्याको समाधान पत्ता लगाउने प्रयास गरिएको सो कार्यक्रममा ७० भन्दा बढि समुहका २५० जनाले बिबिभन्न प्रतियोगितात्मक परियोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।

करिव दुईहजार पाँच सय जनाले सक्रिय सहभागिता जनाएको सो कार्यक्रममा बिश्व प्रशिद्ध एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले बिशेष अतिथिको रुपमा सम्बोधन गरेका थियो भने आइबिएमका बरिष्ठ प्रोग्रामर तथा इन्जिनियर जोसेपी तथा डेभ्फोलियोका कम्युनिटी लिड ब्यवस्थापक डेनभर डि. सुजाले मुख्य बक्ताको रुपमा सम्बोधन गरे ।

सो कार्यक्रममा नासा,अमेजन वेभ सर्भिस आदिका बरिष्ठ प्रतिनिधिहरुले मेन्टर्सको रुपमा काम गरेका थिए भने बिभिन्न बिधाका बिशेषज्ञ तथा माइक्रोसफ्ट एबं बिभिन्न प्रतिष्ठित संस्थाका बिज्ञहरुले प्रस्ताबित परियोजनाको मूल्याङ्कन गरेका थिए । परियोजना प्रतियोगितामा बिभिन्न ६ बटा टिम पुरस्कृत भएका थिए ।

लगातार ३६ घण्टासम्म चलेको उक्त कार्यक्रममा ह्याकाथनका अतिरिक्त गोष्ठी, कार्यशालाका लगायत स्वदेशी तथा बिदेशी सेलिब्रेटीहरुले गायन, नृत्य एबं अन्य कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो जटिल अवस्थामा यति बृहद र एप्पलका सहसंस्थापक तथा आईबिएम जस्ता प्रतिष्ठित संस्थाकोे उच्च सहभागिता हाम्रो लागि गौरब र प्रेरणाको बिषय हो नेक्टस्जेनका अध्यक्ष तथा आयोजक समितिका लिड अर्गनाईजर जय किसन पन्जियार बताए ।

यसले हाम्रो सोच्ने क्षमता र वातावरणमा ठूलो परिबर्तन ल्याउनेमा हामी बिश्वस्त छौ , यो ह्याकाथनको ठूलो फड्को पनि हो, उनले भने ।

नेपाली बिद्यार्थीको तहबाट गरिएको यो कार्यक्रमा भएको उच्च तहको सहभागिताले हामीलाई भोलिका लागि हौसला र प्रतिस्पर्धाको प्ररेणा प्राप्त भएको छ ”कार्यक्रमकी मिडिया ब्यस्थापक अनिसा अधिकारीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here