राष्ट्रिय जनगणनाका लागि सोधिने प्रश्नावलीको टुंगो (नमूनासहित)

काठमाडौं, १६ भदौं । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ ।

मुख्य प्रश्नावली नेपाल राजपत्रमा प्रकाशन गरिएसँग सर्वसाधारणले आगामी वर्ष हुने राष्ट्रिय जनगणनाको लागि मुख्य प्रश्नावलीको टुंगो लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २६ साउनमा स्वीकृत गरेको प्रश्नावली सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली ४ असारमा स्वीकृत गरिएको थियो।

पहिलो प्रश्नावली, सुरपरीक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ भने दोस्रो प्रश्नावली गणकहरूद्वारा प्रत्येक घरपरिवारमा पुगेर मुख्य प्रश्नावली मार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरू संकलन गरिनेछ।

राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ ।

यसमा घर रहेको स्थान, ठेगाना रहनेछ । घरको विवरणमा भने तला, घर बनेको वर्ष, घर प्रयोग भएको प्रयोजन र घरमा बस्ने परिवारको संख्या गणना गरिने भएको छ ।

परिवारमा रहेका संख्या, घरमा पालेका गाइवस्तु तथा जनवारको समेत विवरण भरिने भएको छ ।

कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यसको समेत विवरण जनगणनाका लागि भर्नुपर्नेछ ।

घर तथा घरपरिवार सूचीकरण आउँदो वर्षको २६ वैशाखदेखि १४ जेठसम्म र मुख्य प्रश्नावली २५ जेठदेखि ८ असारसम्म भरिनेछ।

तेस्रो प्रश्नावली, सुरपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गरिने विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here