मल पैंचो दिन बंगलादेश तयार, ५० हजार टनका लागि प्रम हसिना सकारात्मक

फाइल फोटो

काठमाडौं, १६ भदौ । बंगलादेश नेपाललाई मल पैंचो दिन तयार भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा बंगलादेशकी प्रधामन्त्री शेख हसिनाले ५० हजार टन युरिया पैंचो दिनेबारेमा आफू सकारात्मक भएको बताएकी हुन् ।

प्रम ओलीले हसिनासँग द्विपक्षीय महत्वका विषयमा वार्ता गरेका थिए ।

हसिनाले यसै सिजनका लागि मल पैंचो दिन आफू सकारात्मक भएको बताएकी थिइन् । धानमा दोस्रो पटक हाल्नका लागि नेपालमा किसानले मल पाएका छैनन् ।

करीब ७ लाख टन मल आवश्यक पर्ने मुलुकमा सरकारले ४ लाख टनको हाराहारीमा मात्र मल आउँछ र त्यो पनि समयमै आउँदैन ।

त्यसमा पनि यो वर्ष कोरानाभाइरस र लकडाउनका कारण मल कोलकाता र गुजरातका बन्दरगाहमा अड्किएपछि किसानले मल पाउन सकेका छैनन् ।

मल अभावका कारण सीमावर्ती क्षेत्रका किसानहरु भारतबाट मलको तस्करी गरिरहेका छन् ।

सम्बन्धितः

ऊर्जा र लगानीमा सहकार्य गर्न बंगलादेश इच्छुक, सौविध्यपूर्ण व्यापारमा रुची

कोरोना कोषमा बंगलादेश बैंकले दियो एक करोड ४५ लाख

नेपालमा औषधि अभाव नहुने, भारतको विकल्प अब बंगलादेश

माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने बंगलादेश सरकारको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here