उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ। काठमाडौंमा ५ हजार २ सय ६५ ललितपुरका ७७२ र भक्तपुरमा ५५६ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here