उपत्यकामा पाँचसहित १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १७ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कोरोना संक्रमणबाट उपत्यकामा पाँच जना सहित थप १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ८९ र ललितपुरका ७० वर्षीया महिला र भक्तपुरको ४० वर्षका, काठमाडौंका ७० र ७५ वर्षका पुरुष रहेका छनन् ।

त्यसैगरी चितवनका ५५ र १८ वर्षका महिलाको संक्रमणका कारण निधन भएको छ ।

यस्तै, संक्रमणका कारण मृत्यु हुने पुरुषहरुमा बाराका ९७ वर्षका पुरुष र चितवनका ६५ वर्षका पुरुष छन्।

धादिङ ४७ वर्षका पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here