एयर अरेबियालाई १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन, टिकटको कालोबजारी रोक्ने योजना

काठमाडौं भाद्र १७ गते । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएका १ सय ४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका हुन् ।

एयर अरेवियाले १ सय ४२ जना पिसिआर गरेको, १८ जना आरडिटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई मन्त्रीले निर्देशन दिएको मन्त्रालयले बताएको छ ।

मन्त्री भट्टराईले सवै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिए ।

अन्तर्राष्ट्रिय नियमित उडान महँगो भएको गुनासो आएपछि उनले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाईन्सहरुलाई फ्लाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

टिकटमा ट्राभल्स एजेन्सीहरुले अनियन्त्रित रुपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाईन्सहरुले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग (एनआएन)आग्रह गर्नु पर्नेतर्फ पनि मन्त्रालयले सोच बनाउको छ ।

बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित बायुसेवा कम्पनीहरुलाई सचेत गराउन,े नियमित उडानमा बजेट एयरले अन्य एयरलाईन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यस अघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेका छ ।

सम्बन्धितः

युएईबाट १ सय ६८ जना नेपाली लिएर काठमाडौं आइपुग्यो एयर अरबिया

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने, मन्त्रीले दिए पर्यटन बोर्डलाई निर्देशन

महामारीकाबीच पर्यटन मन्त्रालयको प्रगति सकारात्मक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here