निषेधाज्ञाकै बीच मत्स्येन्द्रनाथको रथ तान्‍न थालियो, सरोकारवाला नै अलमलमा

फाइलफोटो

काठमाडौं, १८ भदौं । उपत्यकामा निषेधाज्ञाकै बीच वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्‍न शुरु गरिएको छ ।

बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्‍न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो

युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड सहितको प्रदर्शन समेत गरेका छन् ।

कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ ।

सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले बुधबार मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

तर रथयात्राको विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।

गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here