कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, १८ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।

उनका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२ र रुपन्देहीकी ७२ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here