गुठी संस्थान र खलःपुचले निर्णय नगरेसम्म रातो मछिन्द्रनाथको रथ नतानिने

फाइलफोटो

काठमाडौं, १८ भदौं । रातो मछिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ।

बिहीबार दिउँसो रथ तान्ने विषयमा स्थानीय केही युवा र प्रशासनबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्ने भएको हो ।

स्थानीय युवाहरुले निषेधाज्ञा तोडेर रथ तान्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको रथजात्रा सुरु नभएपछि केन्द्रीय गुठि संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय खलःपुचको बैठक बसेको थियो।

जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दैस्थानीय युवाहरु रथ विराजमान गराइएको स्थान पुल्चोकमा भेला भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here