कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौं, १९ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो ।

उनका अनुसार काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५–५५ वर्षीय, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८, रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here