शनिबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने

काठमाडौं । शनिबार काठमाडौंका केही ठाउँमा बिजुली काटिने भएको छ ।

विद्यु्त् प्राधिकरणको अनुसार बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा विद्युत कटौती गर्न लागेको हो ।

विष्णुमती फिडरभित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नुपर्ने भएकाले त्यस क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

ती स्थानहरुमा बनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here