शरद ऋतुको लागि हिमाल आरोहणको अनुमति जारी, स्वास्थ्य मापदण्ड अनिर्वाय

फाइलफोटो

काठमाडौं, १९ भदौं । नेपाल पर्यटन विभागले कोरोना महामारीकाबीच पहिलो टोली हिमाल आरोहणको अनुमति दिएको छ।

विभागले ७१२९ मिटरको बरुणत्से हिमाल आरोहणका लागि ६ जनाको टोलीलाई लागि अनुमति दिएको हो। शरद ऋतुको लागि विभागबाट अनुमति लिने पहिलो टोली हो।

अनुमति पाएका सबै नेपाली छन् । हिमाल आरोहण अनुमति पाएको टोलीको नेतृत्व दावा स्टेभन शेर्पाले गर्नेछन्।

सरकारले साउन १५ पछि हिमाल आरोहण गर्नेलाई अनुमति दिने निर्णय गरेको थियो।

त्यस्तै हिमाल आरोहणकै लागि बहराइनका राजकुमार भदौ ३१ मा नेपाल आउँदै छन्। राजकुमारसहित १८ जना लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन्।

टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्नेछ।

यद्यपि यो टोलीले पर्यटन विभागबाट अनुमति लिइसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here