एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’

काठमाडौ । एनसेल आजियाटाले ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले मात्र रू. १ मा प्रिपेड सिमको खरीदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्ने छन् ।
यो योजना बिहीबारदेखि लागू भएको छ । पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेशपत्र, नागरिकता वा आफ्नो आमा बुबाको नागरिकताको प्रतिलिपी र एक प्रति फोटो आवश्यक पर्ने एनसेलले बताएको छ ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधैं सम्पर्कमा रही रहनु पर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिने कम्पनीको भनाइ छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा निःशुल्क कुराकानी गर्न सक्ने छन् ।

३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा रू. ९९ पैसा प्रतिमिनेटमा बाँकी ११ महीनासम्म कुराकानी गर्न सक्ने बताइएको छ । विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैं सम्पर्कमा रहनु पर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्ने छन् ।

माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नु पर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक रू. ५ शुल्क लाग्ने छ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरातसम्ममा रू. १०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रू. १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको ३०० एमबी (१०० एमबीअल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्ने छन् ।

पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महीनाका लागि रहने छ । एसईई सकेका विधार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न पहिलो सिम योजनालाई निरन्तरता दिनपाएको कम्पनीको भनाइ छ ।

विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी भ्वाइस प्याक खरीद गर्न सक्ने छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकका लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरीद गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here