भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं, २० भदौं । भारतमा कोरोना भाइरसको दैनिक संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै शनिबार विहानसम्म ८७ हजार ११५ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जनाको उपचार भइरहेको विश्वभरको कोरोना सम्वन्धी तथ्याँक उपलब्ध गराउने वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here