जमैका तल्लावाज ७ विकेटले पराजित, सन्दीपले लिए १ विकेट

काठमाडौं, २१ भदौं । क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ७ विकेटले पराजित भएको छ ।

जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए ।

बार्बाडोसका लागि ज्यासन होल्डर, जोशु विश्वप र हेडियन वाल्सले एक/एक विकेट लिएका थिए ।

१६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो।

जसमा जेसन होल्डरले सर्वाधिक ६९ रन जोडे। उनको विकेट सन्दीप लामिछानेले लिएका थिए। ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।

त्यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्यान्ट्नरले अभिजित ३५ रन जोड्दै चुनौती पुरा गरे।

९ खेलबाट ७ अंक जोडेको जमैका अंकतालिकाको शीर्ष ४ मा छ। त्यस्तै जित निकालेको बार्बाडोस ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here