‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने निर्णयले बीमाप्रतिको विश्वसनीयता घट्छ’

काठमाडौं, २१ भदौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्‍विटर मार्फत निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड सञ्चाउन आग्रह गरेका हुन् ।

बीमा समितिले शुक्रबार नयाँ मापदण्ड सार्वजनिक गर्दै सरकारी अस्पतालमा गरिएको परीक्षणका आधारमा मात्रै कोरोना बीमा दाबी र भुक्तानी गर्न पाइने जनाएका थियो ।

समितिको यो मापदण्डले सर्वसाधारणहरुले सास्ती पाउने र बीमाप्रतिको विश्वास पनि घट्ने बताएका छन् ।

ट्‍विटरमा मापदण्डको विरोध गर्दै उनले भनेका छन्, “निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बिमाप्रतिको विश्वसनीयता पनि घट्छ । कम्पनी, समिति र सरकारले यस समस्याको तुरन्त समाधान खोजियोस् ।”

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here