लगानी बोर्डलाई चाहियाे ३० किसिमका विज्ञ, कुन कुन क्षेत्रमा माग ?

काठमाडौं, २५ बैशाख । लगानी बोर्डले विभिन्न परियोजना सञ्चालनका लागि ३० विभिन्न क्षेत्रका विज्ञ व्यक्ति र ७ क्षेत्रमा विशेषज्ञ सेवा दिने संस्था आवश्यक भएकाले रोष्टरमा नाम समावेश गर्न आग्रह गरेको छ ।

बोर्डले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै गत चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनमा लगानीकर्ता मार्फत आशयपत्र प्राप्त भएका परियोजनाका कामहरु गर्न विज्ञ सेवा आवश्यक परेको बताएको हो ।

परियोजना खरिद तथा अन्य विकासका कार्यहरु जस्तैः आशयपत्र मुल्यांकन, व्यापार योजना विकास, परियोजना निर्माण, प्रस्तावको तयार तथा मुल्यांकन लगायतका कार्यहरु गर्नको लागि बोर्डको कार्यलयलाई विशेषज्ञ सेवाहरु आवश्यक पर्ने भएकाले आवश्यक परेको बेलामा सहयोग लिन सकिने गरी इच्छुक विज्ञ तथा संस्थालाई सूचीमा नाम समावेश गर्न बोर्डले आग्रह गरेको छ ।

सम्बन्धित विषयका विशेषज्ञको सूचीमासूचीमा नाम समावेश गर्न चाहने इच्छुक व्यक्ति संस्थाले कार्यालयको वेवसाइटमा रहेको www.ibn.gov.np मा रहेको ढाँचामा फाराम भरी कार्यालयको इमेल ठेगानामा इमेल गर्न बोर्डले आह्वान गरेको छ ।

कस्ता कस्ता क्षेत्रका विशेषज्ञ आवश्यक ?

विशेषगरी बोर्डले पूर्वाधार निर्माण सम्बन्धि क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्ति तथा संस्थाहरु आवश्यक भएको सूचनामा उल्लेख गरेको छ ।

हाइड्रोपावर इन्जिनियर, जियो टेक्निकल एक्सपर्ट, पब्लिक ट्रान्सपोर्टेसन एक्सपर्ट फाइनान्सियल एक्सपर्ट एभियसन एक्पर्ट आइसीटी एक्सपर्ट लगायतका ३० किसिमका विज्ञहरुलाई सूचीमा नाम लेखाउन बोर्डले आग्रह गरेको छ ।

व्यक्तिगत विशेषज्ञले सम्बन्धित विषयम कम्तिमा स्नातकोत्तर तह उतिर्ण गरेर सम्बन्धित विषयमा कम्तिमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने बोर्डले बताएको छ ।

त्यस्तै संस्थागत विशषज्ञताका क्षेत्रहरुमा जलविद्युत, यातायात सडक, रेल्वे, मेट्रो बिआरटी, फोहोरमैला व्यवस्थापन, उड्ययन, पर्यटन उद्योग र डिउ डिलिजेनस सेवाका क्षेत्रहरुमा पनि संस्थागत विशेषज्ञताको सूची बनाउन लागेको हो ।

संस्थाको हकमा कम्तिमा १० वर्षको विषयगत अनुभव भएका संस्थाले आवेदनसँगै आफ्नो संस्थाको संस्थागत विवरण तथा अन्य कागजातहरु संलग्न गरी बोर्डको इमेल ठेगानमा इमेल गर्न आग्रह गरेको छ ।

हेर्नुहाेस सूचनाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here