थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

काठमाडौं, २२ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको अनुसार २४ घण्टामा गरिएको ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षणमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार२ सय ३६ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १७ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३० हजार ६ सय ७७ उपचारपछि निको भएका छन्। देशभर संक्रमितको १६ हजार २ सय ५९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here