काठमाडौंका तीन सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २२ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जना सहित थप ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ३७,९०, ८३ वर्षीय महिला रहेका छन् ।

त्यस्तै माेरङका ७६ वर्षीय पुरुष, सिराहाका ८७ र ६२ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९, बाँकेका ६३ वर्षीय र मकानपुरका ३९ पुरुष रहेका छन् । ६३ वर्षीय महिला रहेकी छिन् योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here