उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको को छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here