स्विडेनविरुद्ध पोर्चुगलको सहज जित, रोनाल्डोको नाममा नयाँ कीर्तिमान

काठमाडौं, २४ भदौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । रोनाल्डो राष्ट्रिय टोलीका लागि सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका हुन् ।

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोको गोलमा पोर्चुगलले यूईएफए नेसन्स लिगमा सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे ।

स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै समूह सी को पोर्चुगलले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । समान अंक रहेको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित स्विडेन तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here