क्वारेन्टिनमा प्रयोग गर्न थप ३१ होटललाई अनुमति (सूचीसहित)

काठमाडौं, २४ भदौं । विदेशबाट उद्धारमार्फत र नियमित उडानमार्फत आउने व्यक्तिको लागि प्रयोग गर्न काठमाडौंका थप ३१ होटललाई क्वारेन्टिनको अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै ३१ होटलको सूची सार्वजानिक गरेको हो । जसमा चार तारेदेखि पर्यटक स्तरीय होटलसम्म समावेश छन् । यी होटलमा १२ सय ६६ वटा बेड रहेको जिप्रकाले जनाएको छ ।

सरकारी मापदण्ड अनुसार हवाइ मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्छ। होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here