काठमाडौं, २४ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सहित काठमाडौंमा ७ हजार ६ सय ११ ललितपुरका १ हजार ११ र भक्तपुरमा ८१८ संक्रमित पुगेका छन्।