उपत्यकामा निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोरबिजोर

फाइलफोटो

काठमाडौं, २४ भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन।

त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय गरेका छन् । अन्य क्षेत्रमा भने भदौ ३१ सम्म निषेधाज्ञा रहने जनाइएको छ।

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ ।

भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here