थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं, २५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन्।

हाल देशभर १४ हजार ४४८ जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ४३८ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here