यूनाइटेड फाइनान्सले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा योजना बिक्री गर्ने

काठमाडौं, २५ बैशाख । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।

सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको जानकारी दिएकाे छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here