कोरोना संक्रमणबाट सुनसरीको झुम्का कारागारका एक कैदीबन्दीको मृत्यु

फाइलफोटो

काठमाडौं, २७ भदौ. । कोरोना संक्रमणबाट सुनसरीको झुम्कास्थित कारागारका एक कैदीको मृत्यु भएको छ ।

इनरुवा अस्पतालबाट शुक्रबार दिउँसो धरान रिफर गरिएका सुनसरीकै रामधुनी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुष कैदीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

१० दिनदेखि ज्वरो आएको २ दिनदेखि खोकी र श्वासप्रश्वासमामा कठिन भएपछि उनलाई शुक्रबार विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

धरानको इमर्जेन्सी कक्षमा भर्ना भएपछि उनको पीसीआर परीक्षण गरिएको थियो। प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार साँझ उनको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

ज्वरो आउँदा पनि उनको उपचारमा कारागार प्रशासनले खासै चासो नदेखाएको स्रोतले जनाएको छ ।

दुईसाता अघि प्रदेश नं १ सुनसरीको झुम्का स्थित कारागारमा रहेका कैदी बन्दहरू मध्ये ४ सय भन्दाबढी कैदी बन्दीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको भन्ने समाचार बाहिरिएको थियो ।

काठमाडौं सुन्धारास्थित केन्द्रिय कारागार, बाँके, सुनसरी, सिराहा, पर्सा कारागारमा सुरक्षार्थ खटिएका प्रहरी र जेल प्रसासनका कर्मचारीमा कोभिड संक्रमण देखिएपछि कैदीहरुले जेलभित्रैबाट आफ्नो जर्जर अवस्था दर्शाउँदै राष्ट्रिय मानवअधिकार आयोगसँग जिवन रक्षाका लागि पहल गरिदिन आग्रह समेत गर्दै आएको छ ।

हाल देशभरीका ७२ वटा कारागारमा करिब २६ हजार कैदीबन्दी छन् । १० हजारको सेरोफेरोमा कैदी बन्दी अटने कारागारमा कतिपय ठाँउमा दोब्बर र कतिपय ठाउमा तेब्बर बन्दी रहेका छन् ।

देशभरका कैदीको आग्रहपछि मानब अधिकार आयोगले देशैभरका जेलरलाई परिपत्र गर्दै नयाँ थपिएका कैदी वन्दिलाइ छुट्टै राख्ने व्यववस्था गर्न ध्यानाकर्षण गरेको छ।

साँघुरा घाम र हावा नछिर्ने साघुँरा कोठामा उनीहरुलाई बस्न र सुत्नका लागि सकस छ। झन् यतिवेला नयाँ कैदीवन्दी थपिँदा भित्र कोरोना संक्रमणको उच्च जोखिम बढेको छ ।

देशका अधिकांश कारागारमा क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दीहरु छन् । आयोगले क्षमता भन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारहरुमा कोरोना संक्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन पनि सरकारलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here