देशभर ठूला शहरमा फैंलदैछ कोरोना

काठमाडौं, २७ भदौ । पछिल्लो २४ घण्टामा देशभर कुल १२०१ जनाका कोरोना देखियो । त्यसमध्ये ३ सय ७७ जना काठमाडौैं जिल्लामा मात्र छन् । अझ भन्ने हो भने नेपालका ठूला शहर कोरोना भाइरसको चपेटामा रहेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार आज मकवानपुरमा समेत तेस्रो अंकमा संक्रमित देखिए । यहाँ १ सय ७ जनामा कोरोना पुष्टी भएको छ ।

चितवनमा मात्र ९२ जनामा कोरोना देखियो । यहाँ भरतपुर महानगरपालिकामा बढी संक्रमण देखिएको छ । रुपन्देही, नवलपरासी पूर्व र कास्की जिल्ला समेत आज बढी संक्रमित देखिने जिल्ला हुन् । यी तीन जिल्लामा क्रमशः ८१, ५१ र ३७ जनामा कोरोना देखियो । रुपन्देहीको बुटवल तथा कास्कीको पोखरा समेत कोरोना भाइरसको जोखिममा छन् ।

आज ललितपुरमा ३७ जनामा देखिँदा मोरंगमा मात्र ५८ जनामा कोरोना देखियो । यहाँ विराटनगरमा बढी संक्रमित रहेका छन् । केही अगाडी निकै जोखिम बढेको बारा र पर्सामा भने क्रमशः संक्रमणको दर कम भएको छ । आज यी दुई जिल्लामा क्रमशः १५ र १० जनामा मात्र कोरोना देखिएको छ । बाँकेमा ३२ जनामा कोरोना पुष्टी भएको छ । यहाँ नेपालगन्जमा बढी जोखिम रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here