सिन्धुपाल्चोक पहिरो: दुई जनाको शव भेटियो, २२ जना बेपत्ता

काठमाडौं, २८ भदौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा २ जनाको ज्यान गएको छ । अझै २२ जना हराइरहेका छन्।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयको अनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएको हो। त्यहाँ अझै १६ जना हराइरहेका छन्। पहिरोले ७ घर पुरेको छ।

यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा २ जनाको शव भेटिएको छ। प्रहरीको अनुसार स्थानीय २३ वर्षीया जुना विकको शव भेटिएको हो। अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्‍याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here