यसरी पुरियो सिन्धुपाल्चोकको घुम्थाङ, ९ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

काठमाडौं, २८ भदौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन् ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । नागपूजे र भीरखर्कमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ।

पहिरोमा परी बेपत्ता भएका भक्तिमाया श्रेष्ठ, ल्याकसिं तामाङ, धनलाल श्रेष्ठ, शुकलाल विक, जुनु विक, सन्देश विक, सर्किनी श्रेष्ठ र हिरामाया श्रेष्ठको शव भेटिएको छ ।

भिरखर्कबाट सुरु भएको पहिरो नागपुजे छिचोलेर भोटेकोसीमा खसेको थियो । उक्त क्षेत्रमा श्रेष्ठ, शेर्पा र बिकहरुको बाक्लो बस्ती रहेको थियो। घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्।

साउनयता सिन्धुपाल्चोकका पटकपटक विपत्तिका घटना भएका छन् । गत साउन ३० गते जुगल गाउँपालिका २, लिदीमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै बेपत्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here