यसरी सकियो विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव (फोटोफिचर)

काठमाडौं । स्पाईनी ब्याबलर इभोलुसनकोे आयोजनामा विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव शनिबार सम्पन्न भएको छ ।

अनलाईन सांगीतिक महोत्सवमा महोत्सव नेपाल लगायत अमेरिका, नेडरल्याण्ड, स्विट्जरल्याण्ड लगायतका २५ बालबालिकाको सहभागिता रहेको थियो ।

विश्वव्यापी बालबालिका सांगीतिक महोत्सव पहिलो भएपनि बालबालिका सांगीतिक महोत्सव भने यो दोस्रो हो । स्पाईनी ब्याबलर हरेकदिन सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा दुईदेखि चौधवर्षका यी प्रतिभाशाली बालबालिकाले आफ्नो कला प्रस्तुत गरेका थिए । स्पाईनी ब्याबलरले अतुलनिय सांगीतिक साँझ प्रस्तुत गर्दै आएको छ ।

उक्त प्रस्तुतिमा २३ महिनाकी जोयाले पियानो, मादल, मुरली गीत गाउँदै रमाइन् भने नौ वर्षीय आरम्भ ढकालले सिन्धुलीगढी बाँसुरीमा, सम्यक सिंह थापाले रेशम फिरीरी पियानोमा स्नीग्धाले बाँसुरीमा लोक शान्तिधुन बजाएका थिए ।

अमेरीकाबाट सहभागीहरूमा १२ वर्षिया आशा, १४ वर्षिय एडन, ८ वर्षिय आयन, ७ वर्षिय अमुल्य, ६ वर्षिया माहिका आदित, सानी ४ वर्षीय आना त्यसैगरी अदिश्री र आफरीनले आफ्नो प्रतिभा देखाएका थिए ।

नेडरल्याण्डका टेनेके मोअरम्यानले संगीतिक महोत्सव अवलोकन गरेपछी विश्वव्यापी श्रोता योग्य रहेको भनि टिप्पणी गरे ।

विदेहा रञ्जनले इम्याजिन गीत गायर पियानोमा र बाँसुरीमा बजाइन् शिलाले बाई द रीर्भर अफ ब्याबीलन गीत गाएर र बाँसुरीमा बजाएर, सम्यकले रेशम फिरिरि पियानोमा बजाएका थिए ।

च्याङबा होइ च्याङबा बिषेश सापकोटाले, रातो र चन्द्र सूर्य एन्जलले, मेरी हयाड लिटल ल्याम्ब आफरीनले, जून लिम्बु, बैभव, यजुरवेदले भोकल, विषेश शाक्यले फूलको आखाँमा प्रिन्स, प्रनिश, रिप्बलीका, अन्शुमालीले अनुसन्धान गरेर प्रस्तुती गरेका थिए । उनिहरुको यी प्रस्तुती गीत–संगीत युट्युबमा कम्तीमा तीन वर्षसम्म रहने छ ।

स्पाईनी ब्याबलर ईभोलुसनले प्रत्येक महिना बालबालिकाको सामाग्री प्रस्तुत गर्दैछ । अर्को दुई महोत्सव मानव सभ्यता र ११ मानव प्रणालीबारे हुनेछ । बालबालिकालाई स्पाईनी ब्यावलर ईभोलुशनका विभिन्न कार्यक्रममा भर्ना गर्न www.evl.edu.np मा गई फारम भर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here