थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

काठमाडौं, २९ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षणमा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५५ हजार ३२९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३९ हजार ५७६ उपचारपछि निको भएका छन्।

हाल देशभर १५ हजार ३९३ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here