काठमाडौंमा ६ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २९ भदौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ वटा जिल्लाका ५ महिला र १० पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका मात्र ६ जना रहेका छन् । काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङमा ४० र ७० वर्षीय पुरुष, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

यो नै हालसम्म मुत्यु भएको उच्च संख्या हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here