बैशाखयता बाढी, पहिरो र चट्याङले लियो ३७१ जनाको ज्यान, १०२ बेपत्ता

फाइलफोटो

काठमाडौं, ३१ भदौं । बैशाखयता पहिरो, बाढी र चट्याङका घटनामा परी ३७१ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि भदौं २९ गतेसम्म उनीहरुको ज्यान गएको हो ।

जसमा १०२ जना हराईरहेका छन् भने ४१८ जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २७० जनाको मृत्यु, ६६ जना वेपत्ता भएका छन् । २०६ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ६२ जनाको मृत्यु भएको छ भने २०१ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here