थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ जना डिस्चार्ज

काठमाडौं, ३१ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५८ हजार ३२७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७ सय उपचारपछि निको भएका छन्।

हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here