काठमाडौंको निषेधाज्ञा सम्बन्धि नियम हेरफेर: के पूर्णरुपमा खुल्यो, के बन्द (पूर्णपाठ)

काठमाडौं, ३१ भदौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा लगभग पूर्ण रुपमा नै खुलेको छ ।

केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल निषेधाज्ञा कायमै रहेको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्।

यसअघि अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु बिक्री वितरणमा समय तोकिएकोमा सो पनि हटेको छ।

उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको छ । त्यस्तै, सभा,गाष्ठी, भेला तथा मठमन्दिर लगायतको प्रतिवन्ध भने यथावत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here