प्रशासन कार्यालय काठमाडौंले दिने सेवा बार अनुसार, कुन बार कुन सेवा ?

काठमाडौं, १ असोज । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउने छ ।

जिल्ला प्रशासन कार्यलय काठमाडौंले एक सूचना जारी गर्दै दिनको २० जनाभन्दा बढी सेवाग्राही नबढ्ने गरी असोज ४ गतेबाट सेवा पुन सुचारु गर्न लागेको जानाकारी दिएको हो ।

यसको लागि कार्यलयले कुन दिन कुन महानगरका व्यक्ति कामको लागि आउने एक हप्ते तालिका नै बनाएको छ।

तालिकामा प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण जस्ता सेवाको लागि नगरपालिका अनुसार सेवा प्रवाह हुने दिन तय गरेको छ ।

जसअनुसार काठमाडौं महानगरपालिकाका सेवाग्राहीले आइतबार, मंगलबार र बिहीबार सेवा पाउनेछन् । यस्तै कीर्तीपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका मानिसहरु सोमबार, बुधबार र शुक्रबार सेवा लिन सक्नेछन् ।

त्यस्तै, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सोमबार, बुढानीलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिकाका सेवाग्राहीले बुधबार र गोकर्णेश्वर, दक्षिणकाली, शंकरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले शुक्रबार सेवा पाउनेछन् ।

पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ । शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले केही सेवाहरु स्थगित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here