थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

काठमाडौं, १ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षणमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४२ हजार ९ सय ४९ जना उपचारपछि निको भएका छन्।

हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here