शाओमीको दुईवटा नयाँ उत्पादन ‘मी टिभी’ नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँर्दैै दुईवटा नयाँ उत्पादन— मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।

यो संगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ ।

मी टिभी ४ एक्स (५५ इन्च) २०२० संस्करण

मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा ४के १०—बिट एचडीआर डिस्प्ले सुविधा छ ।

जसलाई शाओमीको इन—हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ । एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २० वाट्ट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन् ।

मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँदछ । ५५ इन्चको मी टिभीको मूल्य नेपालमा ६४ हजार ९९९ रुपैयाँ रहेको छ ।

मी एलईडी टिभी ४ए प्रो (४३)

यो नयाँ मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ ।

यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ जसले डीटीएस—एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ । ४३ इन्चको मी टिभीको मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here