युएईलाई पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौं, ४ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्री भट्टराई र युएईका राजदुत सईद हमदान अल नाक्वी बीच आइतबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले नेपाली उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरेको उनको सचिवालयले बताएको छ ।

राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका थिए ।

मन्त्री भट्टराई त्यसमा सकारात्मक भई चाँडै निर्णय लिने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here