प्रहरी भन्छः साईबर क्राईम अन्तर्गत कानूनको दुरुपयोग भयो

काठमाडौं, २७ बैशाख । साईबर क्राईमको लागि बनाइएको कानूनको दुरुपयोग भएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।

महाशाखाका एसएसपी धिरजप्रताप सिंह भन्छन्, ‘साईबर क्राईम के हो भन्ने कुरा त जनताले थाहा पाए तर यो अपराधको लागि कस्तो अवस्थामा उजुरी हाल्ने भन्ने कुराको बारेमा जनता अझै अनविज्ञ छन् ।’

सामाजिक सञ्जालका प्रयोगकर्ता बीचमा भएका सामान्य भनाभन र गाली वा अपशब्द प्रयोगलाई साईबर क्राईमको रुपमा दर्ता गर्ने ट्रेन्ड बढेको उनले बताए ।

यस्तो प्रकारको घटना धेरै ठुलो कुरा नभएको कुरा उल्लेख गर्दैै उनले साईबर क्राईमको क्षेत्र र सजाय धेरै ठेलो हुने हुनाले कतिपय केसमा प्रहरीले नै कुरा मिलाएर पठाउने गरेको महाशाखाले जानकारी दिएको छ ।

कुनैपनि मानिसलाई साईबर क्राईम अन्तर्रगतको मुद्दा दर्ता गर्नुपुर्व यो कुन अवस्थामा दर्ता गरिन्छ र यसको सजाय के कस्तो हुन्छ भन्ने कुराको सामान्य जानकारी लिनुपर्ने एसएसपी सिंहको सुझाव छ ।

कतिपय अवस्थामा त अति सामान्य विषयहरुमा पनि दुःख दिने नियतले साईबर क्राईम अन्तर्रगतको मुद्दा दर्ता हुने गरेको कुरा उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here