सुजुकी दशै तिहार अफर: एक्सचेन्ज र फाईनान्सको सुबिधादेखि,सडक दस्तुरसम्म

काठमाडौं । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रालि ले आउँदै गरेको दशै, दिपावली तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ।

‘चाड पर्व सबैको हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन्। साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि कम्पनीले उपलब्ध गराएको छ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ।

सुजुकी दशै तिहार अफरले ग्राहकको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ। सुजुकी कम्पनीको विभिन्न मोडल र डिजाईनहरूको मोटरसाईकल तथा स्कुटरले ग्राहकको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थ्प उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here