नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, उपत्यकामा ६ जना

काठमाडौं, ५ असोज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय, भक्तपुरमा ८४ र ६२ पुरुष रहेका छन् ।

मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय, झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here