निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

फाइलफोटो

काठमाडौं, ६ असोज । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ट्रेड युनियनको निर्वाचन नगर्ने निर्णय गरेसँगै स्थगित भएको हो ।

यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको थियो ।

यसअघि सो निर्वाचन गर्ने वा नगर्ने भनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र मुख्य सल्लाहकार विष्णु रिमालबीच छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here