काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज थपिएका सहित काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय ८९ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ

यो सहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here