काठमाडौं, ७ असोज । साझा यातायातका लामो दूरीका बस सञ्चालन भएका छन्।
बुधबार साँझदेखि बस सेवा शुरू हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिएका छन्।
काठमाडौं-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा बस चल्नेछ।
सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट बस छुट्नेछ।
यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ।