सवारी कर र नवीकरण दस्तुर बुझाउने म्याद थप, कार्तिक मसान्तसम्म जरिवाना नलाग्ने

फाइलफोटो

काठमाडौं, ७ असोज । यातायात सेवा कार्यालयले सेवा संचालन गरेसँगै सवारी कर र सवारी लाइसेन्स नवीकरण सर्वसाधारणको भीड लागेको छ ।

उपत्यकाका यातायात कार्यालयले भीड व्यवस्थापन गर्न कर तिर्नुपर्ने, नवीकरण गर्नुपर्ने समय कात्तिक मसान्तसम्म थप गरेको छ ।

बागमती प्रदेशसरकार अन्तर्गतको एकान्तकुना यातायात कार्यालयले सवारी कर र नवीकरण दस्तुर बुझाउन कात्तिक मसान्तसम्म म्याद थप गरेको हो ।

सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाको कारण कारण सवारी कर, नवीकरण दस्तुरसमयमा नै बुझाउन समेका थिएनन् ।

सो मितिभित्र सवारी कर तथा नवीकरण दस्तुर बुझाएमा जरिवाना नलाग्ने एक कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ ।

लकडाउनको कारण धेरै सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतीपत्र नवीकरण, सवारी कर तथा नवीकरणलगायतका काम गर्न नपाएपछि बागमती प्रदेश सरकारले लकडाउन सुरु भएपछि म्याद सकिएकाको लागि भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिमाना नलाग्ने निणर्य गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here