सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन

फाइलफोटो

काठमाडौं, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न सिफारिस गरेको छ।

बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्नु पर्ने निष्कर्ष निकालेको प्रवक्ता गौतमले जानकारी दिए।

२५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले उक्त निर्णय गरेको डा गौतमले जानकारी दिए।

यस्तै, बैठकले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले बताए । बुधबारसम्म नेपालमा संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here